हेटौंडाः मकवानपुरमा चिउरी, चमेरो र चेपाङको नयाँ आयामको खोजी पुस्तक सार्वजानिक भएको छ । डिभिजन वन कार्यालय, राप्ती मनहरीले बुधबार पुस्तक प्रकाशन गरेको हो ।

पुस्तक प्रकाशनका लागि मनहरी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । पुस्तक सार्वजनिक भएसँगै चेपाङ समुदायलाई पुस्तक हस्तान्तरण गरिएको छ ।

चिउरी, चमेरो र चेपाङको अस्तित्व जेगाइराख्नका लागि सरकारले मुख्य कदम चाल्लुपर्ने भन्दै पुस्तक प्रकाशन गरिएको छ । पुस्तकका लेखक डिभिजन वन कार्यालय, राप्तीका प्रमुख विष्णुप्रसाद आचार्य रहनुभएको छ । चेपाङ समुदाय चिउरीको संरक्षणबाट टाढा हुँदै गएकाले त्यसको संरक्षण आवश्यक रहेको पुस्तकमा उल्लेख गरिएको छ । लेखक आचार्यले भन्नुभयो–‘चिउरी प्रकृतिले दिएको एक अद्भूत उपहार हो, यो जुनै परिवेशमा पनि हुर्कन सक्छ, यसलाई कल्पवृक्ष भन्दा पनि फरक पर्दैन ।’

चेपाङ समुदायको संरक्षण गर्न सरकारले नयाँ आयामको खोजी गरेर अगाडि बढ्नुपर्ने लेखक आचार्यले बताउनुभयो । चिउरीको मह उत्पादनमा नयाँ आयाम खोजी गरी ब्यापक उत्पादन गर्नुपर्ने बताउँदै चिउरीको दानालाई तेल उत्पादनमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।

सरकारले छुट्टै पकेट क्षेत्रको घोषणा गरी चिउरी उत्पादनलाई प्रोत्साहन गर्नुुपर्ने आचार्यले धारणा राख्नुभयो । चिउरीको प्रवद्र्धनका लागि सरकारले वृहत् योजना नै लिएर अगाडि बढ्नुपर्नेमा आचार्यले जोड दिनुभएको छ । चिउरी कोअर्डिनेसनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले चमेरो संरक्षण गर्र्न आवश्यक रहेको उहाँको भनाइ छ ।

पुस्तक बिमोचनका क्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको ६, ७, ८ र ९ नम्बर वडालाई पालिकाले नै चिउरीको लागि पकेट क्षेत्रको घोषणा गरेर काम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।