हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बलिया गरवार बिसुकिया का ३४ वर्षीय हनुमान विंद र सोही ठाउँकी ३५ वर्षीय शर्मिला मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार बिहान ८ बजेर २० मिनेटको समयमा प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा हेटौंडा–१० बसपार्कस्थित वीरगञ्ज जाने काउण्टर नजिकै शंकास्पद रुपमा बसिरहेको अवस्थामा उनीहरुलाई खानतलासी पुर्जी दिई रितपुर्वक सुरक्षाजाँच गर्ने क्रममा उनीहरुले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा १४ किलो लागूऔषध गाँजा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।











