हेटौंडाः चितवनको इन्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित केवलकारमा माइक्रो र मोटरसाइकल आपसमा ठोकिएर दुघर्टना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देही जिल्लाको कन्चनजंगा नगरपालिका–१ का ३६ वर्षीय हेमन्त कुमाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
आइतबार दिउँसो १ बजेर ५५ मिनेटको समयमा बुटवलबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माईक्रो र विपरित दिशाबाट आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको थियो । दुघर्टनामा मोटरसाइकल चालक कुमाल गम्भीर घाइते भएको थियो । घाईते कुमाललाई पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा दिउँसो २ बजेर ५५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको थियो । माईक्रो चालक प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।











