हेटौँडा अस्पताल परिसरमा भेटिएको मदिराका बोतल तथा सुर्तीजन्य पदार्थका खोलहरु ।

हेटौँडाः बागमती प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौँडा अस्पताल परिसरमा बियरका बोलत, चुरोटका ठूटा, सुर्ती र गुट्खाका खोल भेटिएको छ । आइतबार बिहान अस्पताल परिसर सरसफाई गर्ने क्रममा अस्पतालमा निषेधित स्वास्थ्यका दृष्टिले हानिकारक बस्तु उपभोग गरी फालिएको अवस्थामा मदिरा र सुर्तीजन्य वस्तुको उपभोगपछि फोहर फालिएको अवस्थामा भेटिएको हो ।

हेटौँडा अस्पतालको सरसफाई गर्दै ।

अस्पतालमा भेटिएका मदाकपदार्थका बोतल र सुर्तीजन्य वस्तुको खोल भवन निर्माण गर्ने कामदारहरुले सेवन गरेर फालेको हुन सक्ने अस्पतालका सफाई तथा सुरक्षा पर्यवेक्षक रामकुमार बर्तौला बताउनुहुन्छ । आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापनाको वार्षिकोत्सवको अवसरमा हेटौँडा अस्पतालको सरसफाई गरिएको हो ।