हेटौँडाः हेटौँडा–१५, स्थित रातोमाटे चेकपोष्टबाट एकै दिन ३ लाख ५० हजार बराबरको अबैध कपडा र सामान सहित ४ जना पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । शुक्रबार काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ०३–००१ ख २३१४ नम्बरको बसमा सुरक्षाजाँच गर्दा १ लाख बराबरकोे अबैध सामान बरामद गरेको प्रहरी जानकारी दिएको छ । बसको डिक्कीभित्र रेहको जेब्रा झोला भित्र चिज ९० पिस प्रतिपिस १ किलाग्रामको अमुल बटर ३० पिस, प्रतिपिस ५०० ग्रामको र अमुल फ्रेस क्रिम ७ काटुन प्रत्येक काटुनमा १२ पिस तौल नखुलेको अबैध सामान बरामद भएको प्रहरीले जनाएको छ । अबैध सामान बरामद गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट २ लाख मूल्य बराबरको अबैध कपडासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा जिल्लाको बीरगंज महानगरपालिका–८ का २८ वर्षीय सुनिल महरा र १८ वर्षीय धर्मेन्द्र पटेल रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार चुरियामाईबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह २९१० नम्बरको अटोलाई सुरक्षाजाँच गर्ने क्रममा अटोबाट हाफ टिसर्ट ४२ पिस, कटन पेन्टी ३० पिस, फुल सर्ट २८ पिस, साडी १२४ पिस गरी १ लाख ९० हजार रुपैयाँ बराबरको अबैध कपडा बरामद गरेको प्रहरीले जानकारी दिएको छ । अबैध कपडा र मानिसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट ५० हजार बराबरको अबैध कपडासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा ईतिहाई गाउँपालिका–५ की ३० वर्षीया सगुन नेस र हेटौँडा–८ कमाने बस्ने ५९ वर्षीय साबित्री खड्का रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार चुरियामाईबाट हेटौँडातर्फ पैदल आउँदै गरेका खड्का र नेसाले बोकी ल्याएको झोला सुरक्षाजाँच गर्दा भन्सार छली ल्याएको ५ थान लेडिज कपडाको सुरुवाल र ७ थान जेन्सको कपडाको पाईन्ट फेला पारेको प्रहरीले जनाएको छ । अबैध कपडा र उनिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।