हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको समीक्षा गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।
उपप्रमुख बानियाँले हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रुपैयाँ बजेट प्रस्तुत गर्नुभएको छ । उपमहानगरले आन्तरिक श्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार ७० रुपैयाँ, राजश्व बाँडफाँडबाट ५९ करोड १४ लाख १० हजार ७ सय ३० रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ३४ लाख ६८ हजार रुपैयाँ र संघीय सरकारको अनुदानबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ व्यहोरिने नगर उपप्रमुख राजेश बानियाँले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख गरिएको छ । उपमहानगरले पूर्वाधार विकासतर्फ १ अर्ब रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ७६ लाख, सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख रुपैयाँ, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ७ करोड १५ लाख रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।