लागुऔषध गाँजासहित पक्राउ परेका रामचन्द्र प्रजालाई सार्वजनिक गरिँदै ।

हेटौंडाः मकवानपुर प्रहरीले ३३ किलो लागुऔषध गाँजा, १ थान भरुवा बन्दुक, १ थान बन्चरो र १ थान खुकुरीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ का ४० वर्षीय रामचन्द्र प्रजा रहेका छन् ।

प्रहरीले बरामद गरेको लागुऔषध गाँजासहित भरुवा बन्दुक ।

प्रहरीले बिहिबार राति विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रजालाई पक्राउ गरेको हो । मनहरी–६ स्थित डिपार्ट सामुदायिक वनको गोरेटो बाटोमा प्लास्टिकको बोरा तथा झोला बोकी आइरहेको अवस्थामा प्रहरीलाई देखी भाग्न लाग्दा प्रहरीले प्रजालाई पक्राउ गरेको जनाएको छ । प्रजालाई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको मकवानपुर प्रहरी कार्यालयले जानकारी दिएको छ ।