हेटौँडाः मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा करेन्ट लागेर बुधबार दुईजनाको मृत्यु भएको छ ।

बकैया–८, तल्लो वीरेफाँटमा मकैबारीमा लत्रिएको विजुलीको नाङ्गो तारलाई पोल गाडेर उठाउने प्रयास गर्ने क्रममा ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पूर्णबहादुर लोको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । तार उठाउनका लागि पोल गाड्न भनी फलामको खन्तीले खाल्डो खन्ने क्रममा नाङ्गो तारमा छोएर करेन्ट लागेको प्रहरीले उल्लेख गरेको छ ।