स्मार्ट कन्ट्रोल रूम उद्घाटन गर्दै प्रहरी प्रमुख बामदेब गौतम ।

हेटौँडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरमा स्मार्ट कन्ट्रोल रुमको उद्घाटन भएको छ । बुधबार बिहान जिल्ला प्रहरी कार्यालयमा मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बामदेब गौतमले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्नुभएको हो । स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गर्नुहुँदै गौतमले पीडितको सम्बोधन तुरुन्तै गर्न सकिने दावी गर्नुभयो ।

पीडितले फोनबाट जानकारी टिपाएको आधारमा कन्ट्रोल एपमा जानकारी भरी तुरुन्तै प्रहरी खटाउने कार्य हुने उहाँको भनाइ छ । यसअघि काठमाडौंमा मात्र स्मार्ट कन्ट्रोल रुम थियो । “प्रहरीको १०० मा फोन गर्दा पहिले एक जनाले मात्र फोन गर्न मिल्थ्यो भने अहिले ४ जनाले फोन गर्न मिल्छ ।” गौतमले भन्नुभयो । हेटौँडा बजारक्षेत्रमा ३ सय वटा सिसि क्यामराको आवश्यकता रहेकोमा अहिले २८ वटा मात्रै सिसि क्यामरा रहेको प्रहरी प्रमुख गौतमले बताउनुभएको छ ।