हेटौंडाः हेटौंडा–११ तेस्रो संस्करणको हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहिबार हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको अन्तिम सेमिफाइनल खेलमा १३ नम्बर वडालाई ट्राइबे्रकरमा ३–१ गोलअन्तरले हराउँदै ११ नम्बर फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको म्यान अफ द म्याच ११ नम्बरका गोलरक्षक शेक असिद घोषित भए । जीतसँगै ११ नम्बरले १५ नम्बरसँगको फाइनल भेट पक्का गरेको छ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा १४ नम्बरलाई हराउँदै १५ नम्बर फाइनल प्रवेश गरिसकेको छ । उपाधीका लागि ११ नम्बर र १५ नम्बरबीच शनिबार प्रस्तिपर्धा हुनेछ । फाइनल खेल दिउँसो १ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने दुई टिमले ५०–५० हजार रुपैंया प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले ५–५ हजार रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।