महिला उद्यमी सञ्जाल गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः बागमती प्रदेशका महिला उद्यमीहरुको सञ्जालमा मकवानपुरकी सुशील पाण्डे मानन्धर चयन हुनुभएको छ । शुक्रबार र शनिबार दुई दिवसीय कार्यशालापछि प्रदेशस्तरीय सञ्जालको तदर्थ समिति गठन गरिएको हो ।

तदर्थ समिति १९ सदस्यीय रहेको छ । मकवानपुर महिला उद्यमी व्यवसायी संघको आयोजनामा दुईदिवसीय कार्यशाला भएको हो । कार्यशालाका लागि हेटौँडा उपमहानगरपालिकाले सहयोग गरेको थियो ।