हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४, कमलडाँडामा मागी खाई हिड्ने पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नामथर वतन नखुलेको ३५ वार्षीय पुरूष रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार साँझ ६ः३० बजेको समयमा कमलडाँडा स्थित उत्तम उप्रेतिको घर कम्पाउण्ड एरियामा मागी खाई हिड्ने, मानसिक अवस्था ठिक नभएको जस्तो देखिने पुरुष टाउकोमा चोट लागी बिरामी भएको अवस्थामा प्रहरीले फेला पारेको थियो । घाइते पुरुषलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार बिहान ८ बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए । पुरुषको शव अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।