हेटौंडाः अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी मकवानपुरको ९ औं पूर्ण बैंकक सम्पन्न भएको छ । मंगलबार राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा अनेमसंघ जिल्ला कमिटी मकवानपुरको बैठक सम्पन्न भएको संघकी अध्यक्ष सुमित्रा काफ्लेले जानकारी दिनुभयो ।

कार्यक्रममा भूमिगत कालमा पार्टीमा सेल्टरदाताको रुपमा र अनेमसंघको जिल्ला कमिटीमा रहेर पार्टी र संगठनको निर्देशनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै सामाजिक रुपान्तरणमा योगदान गर्नुहुने १५ जना अग्रज महिलालाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

सामाजिक रुपान्तरणका लागि निस्वार्थ त्याग, निष्ठा, इमान्दारिता र समर्पण गर्नुहुने तारा लामा, टल्कीमाया घिसिङ, शारदा बिक, कुलकुमारी सापकोटा, धनमाया राई, योगमाया निरौला, चन्द्रकला ढुंगाना, पद्मा लामा, हीरामाया भोम्जन, भवानी राई, शुभद्रा अधिकारी, पार्वती घिसिङ, बालकुमारी कार्की, जमुना थिङ र सुकुमाया राईलाई सम्मानपत्रसहित सम्मान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा पालिका तहमा गरिने कार्ययोजना निर्माण गरी, कार्यान्वयन गर्ने दृढ संकल्पसहित बैठक समापन भएको उहाँले जानकारी दिनुभएको छ । अनेमसंघ केन्द्रीय संघकी अध्यक्षको अध्यक्षतामा सुमित्रा काफ्ले तथा मकवानपुर इन्चार्ज पद्मा पौडेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको काफ्लेले जानकारी दिनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय कमिटीका नेताहरु, प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारीहरु, संगठनको केन्द्रीय र प्रदेशका नेताहरुको उपस्थिति रहेको थियो ।