हेटौंडाः नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडा उपमहानगरपालिकालाई विभिन्न सुझाव दिनुभएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको उपमहानगरपालिकालाई महतले सुझाव दिनुभएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै महतले उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामालाई सुझावपत्र हस्तान्तरण गर्नुभएको छ । सचिव महतले धार्मिक पर्यटन, जलचर संरक्षण, डाँफे, कस्तुरी, मृग, बँदेल, जरायो फर्म, कलरफुल सिटी निर्माण, आदिवासी जनजाति भेषभुषा प्रदर्शन, आदिवासी जनजाति सङ्ग्रहालय, फलफूलको शहर, मन भुलाउने क्षेत्र, रमणीय क्षेत्र, खुल्ला जङ्गली चिडियाघर र टिकटक डाँडा निर्माण गर्नुपर्ने सुझाव पेश गर्नुभएको छ ।
यस्तै, स्वास्थ्य, कृषि, बस्ती संरक्षण तथा खहरे नियन्त्रण, साइकल ट्रयाक निर्माण, स्वागत गेट निर्माण, स्थानीय गाई संरक्षण, जेष्ठ नागरिक दिवा सेवा, दुव्र्यसनी अन्त्य, सुलभ शौचालय निर्माण, कपडाको झोला, सालका दुना टपरी र पेपरको उद्योग स्थापना, आर्थिक वर्गीकरण तथ्याङ्क सङ्कलन, मानवीय कोष निर्माण, नमुना गाउँ, नमुना टोल, एकीकृत बस्ती, सहकारी, चौतारा निर्माण, शिक्षण, पेपरलेस उपमहानगरपालिका, फ्री वाईफाई जोन र स्वरोजगार कोष निर्माण गर्नुपर्ने सुझाव पेश गर्नुभयो । सुझावपत्र बुझ्दै उपमहानगरपालिका मेयर लामाले सुझाव सकारात्मक भएको बताउँदै बजेटमा समावेश गराइने बताउनुभयो ।