हेटौंडाः संघीय सरकारले ४ अर्ब रुपैयाँभन्दा धेरै बजेट मकवानपुरको स्थानीय तहलाई छुट्याएको छ । सोमबार संघीय सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटमा मकवानपुरका १० स्थानीय तहलाई ४ अर्ब २९ करोड ५८ लाख रुपैयाँ अनुदानबापत प्राप्त हुने भएको छ ।

अनुदान रकममा सबैभन्दा धेरै रकम हेटौंडा उपमहानगरपालिकालाई छुट्याइएको छ । उपमहानगरपालिकालाई १ अर्ब १४ करोड ५० लाख विनियोजित अनुदान रकम रहेको छ । सरकारले अनुदान रकमबापत बकैया गाउँपालिकालाई ४६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले अनुदान रकम सबैभन्द कम इन्द्रसरोवर गाउँपालिकामा विनियोजन गरेको छ । अनुदानबापत इन्द्रसरोवरले २३ करोड ३६ लाख बजेट पाउने भएको छ । यस्तै, सरकारले थाहा नगरपालिकामा ४५ करोड ४ लाख, कैलाश गाउँपालिकामा २८ करोड ३२ लाख, बागमती गाउँपालिकामा ३५ कारोड १४ लाख, भीमफेदी गाउँपालिकामा ३४ करोड ४६ लाख, मकवानपुरगढी गाउँपालिकामा ३६ करोड ३८ लाख, मनहरी गाउँपालिकामा ३४ करोड २३ लाख र राक्सिराङ गाउँपालिकामा ३२ करोड १५ लाख अनुदान रकम उपलब्ध गराउने बजेटमा उल्लेख छ ।