Home मुख्य समाचार प्रतिभा आविको अभिभावक भेला, रविन सर्वसम्मत अध्यक्ष

प्रतिभा आविको अभिभावक भेला, रविन सर्वसम्मत अध्यक्ष

विद्यालय व्यवस्थापन समिति गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–१२, सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयको अभिभावक भेला भएको छ । शनिबार भएको २९औं अभिभावक भेलाले सर्वसम्मत व्यवस्थापन समितिका सदस्य चयन गरेको छ । भेलाले रविन प्रधानको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तेजबहादुर थिङको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।

अभिभावक भेलाबाट कक्षा ६ की विद्यार्थी पद्मा हिम्डुङ, राज मोक्तान र सविना तितुङकी अभिभावक क्रमशः विजय हिम्डुङ, विजय मोक्तान र सुनिता तितुङ, कक्षा २ की विद्यार्थी सूर्यांशी घिसिङकी अभिभावक लक्ष्मी मोक्तानलाई सर्वसम्मत सदस्य चयन गरेको थियो । नवनिर्वाचित व्यवस्थापन समितिले सहयोगीको तर्फबाट रवीन प्रधान र कक्षा ६ का विद्यार्थी सौशाङ बलका अभिभावक कञ्चन बल सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो । विद्यालयले शिक्षक प्रतिनिधि सविना लामा र वडा प्रतिनिधिको रुपमा वडा सदस्य गीता परियारलाई सिफारिस गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरुमध्येबाट सर्वसम्मत रविन प्रधानलाई अध्यक्ष चयन गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य सचिव समेत रहनुभएका प्रधानाध्यापक कमल लामाले जानकारी दिनुभयो । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा १ सय ९६ विद्यार्थी अध्ययनरत छन् । व्यवस्थापन समिति गठनपछि अब आगामी मंगलबार शिक्षक अभिभावक संघ (पिटिए) पनि गठन गर्ने प्रधानाध्यापक लामाले बताउनुभएको छ ।

Exit mobile version