हेटौंडाः हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा आज शुक्रबार आयोजना हुने कविता प्रतियोगिताका लागि २५ कविता छनौट भएको छ । मातृतिर्थ औंसीको अवसरमा म्यानेजमेन्टले माध्यमिक विद्यालय स्तरीय (कक्षा ९—१२) कविता वाचन र निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगिताअन्तर्गत् कविता वाचनका लागि २५ कविता छनौट भएको हो ।
बुधबार निर्णायक मण्डलको प्रारम्भीक छनौटबाट २५ कविका कविता वाचनका लागि छनौट भएको हो । ३७ कवितामध्ये २५ कविता छनौट भएको हेटौंडा स्कूल अफ म्यानेजमेन्ट नेपाली विभाग प्रमुख देवराज तिवारीले जानकारी दिनुभयो ।
जीएस निकेतनका समर्पण न्यौपाने, दृशिका कँडेल, आदर्श पौडेल र अजय बर्तौलाका कविता छनौट भएका छन् । मकवानपुर बहुमुखी क्याम्पसका रियाज कार्कीको कविता छनौट भएको छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका रोशनी चौलागाई, इलिसा पराजुली, सरोजप्रसाद साह, रजनिशकुमार साह, हरिशरण पौडेल, प्रमिस रानाभाट, विधान निरौला, रिती फुयाँल, रुकैया खातुन र प्रसिद्वि बख्रेलका कविता छनौट भएका छन् । पालुङ आवासीय माविका हिमाल उप्रेती, पुनम भुजेल, अंकिता विष्ट र विद्या सिन्तानका कविता छनौट भएका छन् ।
यसैगरी, ब्रम्हदिक एकेडेमीका सौनक शाह, चन्द्रोदय माविका विद्या घिमिरे, नवोदय शिशु सदनका अनुषा उप्रेती र तासिर आवासीय माविका रिभा न्यौपानेको कविता छनौट भएको छ । हेटौंडा एकेडेमीका बिबिका पराजुली, बालजागृति इङ्गलिस बोर्डिङ स्कूलका आयुषा श्रेष्ठको कविता छनौट भएको छ । निबन्ध भने भौतिकरुपमा उपस्थित भएर लेखिने बताइएको छ ।
कविता प्रतियोगिताका प्रतियोगीहरुले आमा शीर्षकको कविता वाचन गर्नेछन् भने निबन्धका प्रतियोगीहरुले आमा शीर्षकमा निबन्ध लेख्नेछन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना २ जनालाई क्रमशः १५ हजार रुपैयाँ, १० हजार रुपैयाँ, ८ हजार रुपैयाँ र ५–५ हजार रुपैयाँ पुरस्कार रहेको छ ।