हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१०, बरकोटकोमा सुनकोशी नदिको किनारमा एकजना वृद्धाको शव फेला परेको छ ।
शव सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोक नगरपालिका–६ बस्ने ७५ वर्षीया ईन्द्र कुमारी थापा मगर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मगर गत बुधबार घरबाट आफु खुशी हिँडेकी थिइन् । मंगलबार दिउँसो २ बजेको समयमा सुनकोशी नदिको किनारमा वृद्धा मृत फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।