हेटौँडाः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–३ लार्चामा एक शिशु मृत फेला परेको छ । मंगलबार बिहान ११ बजेर १५ मिनेटको समयमा मान बहादुर खड्काको घरको चर्पीको प्यान भित्र फालेको अवस्थामा शिशुको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

शिशुको शव भोटेकोशी गाउँपालिका–३ फुमाचे घर भई हाल खड्काको घर बस्दै आएकी ४८ वर्षीया पासाङ शेर्पाको रहेको प्रहरीले जनाएको छ । मृत शिशुको मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएकोमा थप अनुसन्धानको लागि टिचिङ अस्पताल काठमाडौ लगिएको छ । अनुसन्धानको लागि शेर्पालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।