सुचना जारी गर्दै ।

हेटौँडाः पूर्वि मकवानपुरको बकैया गाउँपलिाकामा युवा नवप्रवर्तनात्मक विचार प्रतियोगिता हुने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै युवा प्रतिभाको खोजी र प्रोत्साहनका लागि प्रतियोगिता गर्न लागेको जनाएको छ ।

प्रतियोगितामा मकवानपुर जिल्ला भित्र बसोवास गर्ने १६ देखि ४० वर्षको युवाले सहभागिता जनाउन पाउने छन् । गाउँपालिकाको आर्थिक वर्ष २०७९–८० मा सशर्त कार्यक्रमको रुपमा विनियोजित कार्यक्रमहरु मध्ये युवा प्रतिभाको खोजी र प्रोत्साहन कार्यक्रम सम्बन्धी कार्यप्रक्रिया, २०७८ बमोजिम कार्यक्रम गर्न लागिएको सुचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा भाग लिन चाहने आगामी असार २ गते भित्रमा कार्यालय समयमा आएर कार्यालयमा आवेदन दिनु पर्ने जनाइएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विचारलाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ४ हजार नगदसहित पुरस्कृत गरिनेछ । प्रथम स्थान हासिल गर्ने विचारलाई प्रदेश स्तरको प्रतियोगितामा सहभागी गराइने जनाएको छ । उत्कृष्ट १० विचारहरुलाई राष्ट्रिय युवा परिषद्को आइडीया बैङ्कमा रहने गरी पठाइने र राष्ट्रिय युवा परिषद्को घुम्ती कोषमा आधारित युवा उद्यम कार्यक्रममा विशेष प्राथमिकता दिइने जनाएको छ ।