नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरु ।

हेटौँडाः नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११, नवलपुर उपशाखाको सभापतिमा भगवान ढकाल निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न साधारणसभाबाट ढकालको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो ।

समितिको उपसभापतिमा सुष्मा कुमारी बडाल, सचिबमा अन्जन प्रसाद पौडेल, सहसचिवमा शिवराज पुडासैनी, कोषाध्यक्षमा दीपेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्षमा गोपिरमण प्याकुरेल चयन हुनुभएको छ । यस्तै सदस्यमा गीता कुमारी ढकाल, सुदिप खतिवडा, बलराम अधिकारी, अजिता कटुवाल र अच्युत पराजुली चयन हुनुभएको छ ।