अपहिल साइक्लिङपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः जेसीआई हेटौँडाको जेसीज सप्ताहको पहिलो दिन मनकामना अपहिल साइकल च्यालेन्ज भएको छ । मनकामना अपहिल साइकल च्यालेन्जमा पुजन मगर प्रथम हुनुभएको छ । यस्तै सुमन आले मगर द्वितीय, आशिष थापा मगर तृतीय हुनुभएको छ । प्रतियोगितामा २५ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिने छ । जेसीज सप्ताहको समापन समारोहमा पुरस्कृत गरिने जेसीआई हेटौंडाले जनाएको छ । हेटौंडाको सानोपोखराबाट सुरु भएको साइकल च्यालेन्ज मकवानपुरगढी गाउँपालिकाको मनकामना मन्दिरमा पुगेर पूरा भएको थियो ।

मिलन ढकालको संयोजनमा भएको प्रतियोगिताको समापन समारोह जेसीआई हेटौंडाका अध्यक्ष श्रवण कुमार बर्तौलाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा भएको थियो ।