Home खेलकुद हेटौंडा गोल्डकप जेठ २० देखि

हेटौंडा गोल्डकप जेठ २० देखि

फाईल तस्वीर ।

हेटौंडाः एफसी विजय युथ क्लबको आयोजनामा आउँदो जेठ २० गतेबाट हेटौंडा गोल्डकपको आयोजना हुने भएको छ । हेटौंडा गोल्डकपमा मकवानपुर जिल्लाका क्लबहरुबीच प्रतिस्पर्धा हुने एफसी विजय युथका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिनुभयो ।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । मकवानपुर जिल्लाकै सफल क्लबको रुपमा एफसी विजय युथले यसअघि पनि हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गरेको थियो । यसलाई दोस्रो संस्करणको रुपमा आयोजना गर्न लागिएको अध्यक्ष राजबाहकले स्पष्ट पार्नुभएको छ ।

Exit mobile version