हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा कार्यालयले आगामी जेठ ५ गते वृहत उद्यमशीलता प्रदर्शनी हुने भएको छ । प्रदर्शनीको व्यवस्थापन टोल विकास संस्था नगर समन्वय समितिले गर्नेछ ।
वडाले आयोजना गरेको प्रदर्शनीमा हेटौंडा उपमहानगरका १९ वटै वडाबाट उत्पादित बस्तुको प्रवर्द्धन गरिने वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिनुभयो । सोमबार बिहान पत्रकार सम्मेलन गरेर प्रदर्शनीमा सहभागी मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँसहित पुरस्कृत गरिने छ । यस्तै सान्त्वनास्वरुप दुई जनालाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ ।
उद्यमशीलता प्रदर्शनीसँगै वडाले नृत्य प्रतियोगिता पनि आयोजना गरेको वडा अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । नृत्य प्रतियोगिता समूहमा हुनेछ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५० हजार, ३५ हजार र २० हजार पुरस्कार प्रदान गरिने छ । सान्त्वनास्वरुप दुईवटा समूहलाई १०÷१० हजार रुपैयाँ प्रदान गरिने छ ।