कमिटी चयन पछि सामुहीक तस्विर खिचाउँदै ।

हेटौंडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हेटौंडा ५ नम्बर वडा संयोजकमा रुपेश खतिवडा चयन हुनुभएको छ । रास्वपा हेटौंडा उपमहानगर कमिटीको वडा कमिटी विस्तार अभियानअन्तर्गत् शनिबार भएको वडा भेलाले खतिवडालाई हेटौंडा–५ को संयोजकमा चयन गरेको हो ।

खतिवडाको संयोजकत्वमा १३ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपसंयोजकमा बालकृष्ण बास्कोटा, सचिवमा दीपेन्द्र बस्नेत र कोषाध्यक्षमा महत कुँवर चयन हुनुभएको छ । भेलाले ४ जना सल्लाहकार पनि चयन गरेको छ । रास्वपा हेटौंडाको वडा विस्तार अभियानअन्तर्गत् यसअघि हेटौंडा–११ मा कमिटी गठन गरिएको थियो । बैशाख ३० गते हेटौंडा–६ मा वडा कमिटी विस्तार गरिने रास्वपा हेटौंडा उपमहानर कमिटीका संयोजक धु्रब विष्टले जानकारी दिनुभयो । उहाँले हेटौंडाका अन्य वडाहरुमा कमिटी विस्तार गर्न तीव्र तयारी भइरहेको बताउनुभयो ।