कृष्ण कुमार साह

हेटौंडा–४ मा श्रमिक पार्क छ । यो पार्क कर्रा खोलाको किनारमा श्रमिक माध्यमिक विद्यालयसँगै रहेको छ । पार्क विद्यालयकै जग्गामा बनाइएको छ । श्रमिक पार्कमा विभिन्न प्रकारका फुलहरु छन् । श्रमिक पार्कमा बालबालिकाहरुलाई खोल्ने ठाउँ र ठुलो मान्छेहरुलाई आराम गर्ने ठाउँ छ । श्रमिक पार्कमा ठुलो मान्छे र बच्चा दुबैलाई व्यायाम (कसरत) गर्ने ठाउँ छ । श्रमिक पार्कको ठाउँ–ठाउँमा मान्छेहरु बस्नका लागि बेन्चको व्यवस्था पनि छ ।

र एउटा, सानो घरजस्तै बस्ने ठाउँ पनि छ । श्रमिक पार्कको छेउछेउमा तारले घेरेको छ । श्रमिक पार्कको छेउमा एउटा चौर छ । त्यसमा मानिसहरुले विभिन्न प्रकारका खेलहरु खेल्छन् । जस्तैः कबड्डी, फुटबल, व्याड्मिन्टन आदि खेलहरु खेलिन्छ । श्रमिक पार्कको छेउमा एउटा खोला छ । जसलाई कर्रा खोला भन्निछ । त्यो कर्रा खोलाको छेउछेउमा पर्खालले घेरेको छ । किनकि यहाँ कर्रा खोलामा बाढी आएको बेला छेउ छेउमा रहेका घरहरुमा पानी जान सक्छ । कर्रा खोला र श्रमिक पार्कको बीचमा पानी जम्मा भएको छ । त्यसमा धेरै जलकुम्भीको फुल फुलेको छ । श्रमिक पार्कमा धेरै घास भयो भने टोलको सबै मिलेर सफा गर्ने गर्छन् । श्रमिक पार्क भित्र गाई, बाख्रा, कुकुर लैजान मनाहि छ ।