हेटौंडाः नेपाल रेडक्रस सोसाइटी सरिखेत उपशाखाको सभापतिमा पुनः चित्रबहादुर थिङ चयन हुनुभएको छ । शुक्रबार भएको अधिवेशनबाट थिङ दोस्रो कार्यकालका लागि सभापति चयन हुनुभएको हो ।

थिङको सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपसभापतिमा सीतामाया सिङ्तान, सचिवमा थापाबहादुर दोङ, सहसचिवमा रवीनकुमार चेपाङ, कोषाध्यक्षमा सानुमाया नेगी र सहकोषाध्यक्षमा तुलबहादुर राना चयन हुनुभएको हो । यस्तै, सदस्यहरुमा संगीता तामाङ, मोहन वाइबा, वीरसिंह थोकर, केशव भारती र सूर्यबहादुर लो सर्वसम्मत चयन हुनुभएको अध्यक्ष थिङले जानकारी दिनुभयो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।

अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला सभापति लालबहादुर थापा, निर्वाचन प्रमुख शिवहरि दाहाल, मन्त्री सुमित्रा काफ्ले, रेडक्रस सोसाइटी मकवानपुरका कोषाध्यक्ष ईश्वर बर्ताैला, कार्यालय प्रमुख लक्ष्मण भट्टराई र राक्सिराङ–३ का वडा सदस्य केदार सुवेदीलगायतको उपस्थिति रहेको थियोे ।