हेटौंडाः चितवन जिल्लाको भरतपुर माहानगरपालिका–२, क्षेत्रपुरमा एक जना मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे जिल्ला बनेपा नगरपालिका–६, घर भई हाल क्षेत्रपुरमा डेरा गरि बस्ने ४२ वर्षीय धर्मराज कार्की क्षेत्री रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
क्षेत्री ५ दिन अगाडि आफ्नै बा.प्र.०६–००२ प २१६५ नम्बरको मोटरसाईकल अनियन्त्रित भई पल्टिंदा सामान्य घाईते भएका थिए । घाईते क्षेत्री सिटि हस्पिटल भरतपुरमा उपचार पश्चात डेरामा गई बसेकोमा बिहिबार बिरामी भई उपचारको लागि जिल्ला अस्पताल गएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।