फाइल तस्बिर

हेटौंडाः गत शैक्षिक सत्र २०७९ को नतिजाको आधारमा सामुदायिक विद्यालयमा अध्ययनरत् तराईका विद्यार्थीको नतिजा उत्कृष्ट पाइएको छ । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र भूटनदेवी माध्यमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीमध्ये तराईका विद्यार्थीको नतिजा उत्कृष्ट रहेको पाइएको हो ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ बाट रितिक साह प्रथम, मौसफराज साह द्वितीय र अञ्जलीकुमारी यादव तृतीय भएका छन् । कक्षा ७ बाट विशाल कुशवाह प्रथम, ममता चौहान द्वितीय र सिर्जना फुयाँल तृतीय भएका छन् । कक्षा–९ बाट लवकुमार साह प्रथम, भीमप्रसाद शर्मा द्वितीय र आरोहिपल अधिकारी तृतीय भएका छन् ।

यसैगरी भूटनदेवी माध्यमिक विद्यालयको कक्षा ६ बाट रचना रिमाल प्रथम, अलोककुमार यादव द्वितीय र प्रिन्सकुमार यादव तृतीय भएका छन् । कक्षा ७ बाट अर्पण अधिकारी प्रथम, नितेशकुमार यादव द्वितीय र सुनैना घिमिरे तृतीय भएका छन् ।

कक्षा ८ बाट सन्तोषकुमार यादव प्रथम, चन्द्रकुमारी यादव द्वितीय र धिरेन्द्रप्रसाद यादव तृतीय भएका छन् । कक्षा ९ बाट अवय यादव प्रथम, अमित यादव द्वितीय र अमितकुमार यादव तृतीय भएका छन् ।

यस्तै, हेटौंडा–१, चाइनाक्वाटरस्थित अमर माध्यमिक विद्यालयको गत वर्षको शैक्षिक नतिजाको आधारमा तराईका विद्यार्थीको नतिजा उत्कृष्ट नरहेको पाइएको छ । उक्त विद्यालयमा प्रायः मकवानपुर जिल्लाका विद्यार्थी अध्ययनरत रहेको र तराईबाट आउने विद्यार्थीको संख्या न्यून रहेकाले उत्कृष्ट नतिजा स्थानीय विद्यार्थीकै आएको बताइएको छ ।

अमर माध्यमिक विद्यालयको कक्षा ५ बाट प्रकृति थापा प्रथम, सोनिया चौलागाईं द्वितीय र गणेशबहादुर विक तृतीय भएका छन् । कक्षा ६ बाट रोशिका भट्टराई प्रथम, सुनिल तामाङ द्वितीय, कृजना प्रधान तृतीय भएका छन् । कक्षा ७ बाट विविका बिडारी प्रथम, विनायक अर्याल द्वितीय र कमलराज शिकारी तृतीय भएका छन् । यस्तै, कक्षा ८ बाट सविन थिङ प्रथम, प्रशंसा शिकारी द्वितीय, शुभम जोशी तृतीय भएका छन् । कक्षा ९ बाट पारस अधिकारी प्रथम, अभिराज थिङ द्वितीय र प्रलय तामाङ तृतीय भएका छन् ।

सामुदायिक विद्यालयहरुमा छात्रसरह छात्राहरुको नतिजा पनि उत्कृष्ट रहेको पाइएको छ । आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईंले शिक्षण सिकाईको गुणस्तर, भौतिक संरचनाको विकासले तराईका विद्यार्थी हेटौंडाका विद्यालयमा आउने क्रम बढेको बताउनुभयो । ७० प्रतिशत तराईका विद्यार्थी यस शैक्षिक सत्रमा अध्ययनरत रहेको उहा“ले जानकारी दिनुभयो ।