प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः नेपाल औषधी व्यवसायी संघ मकवानपुरले आज बुधबार मकवानपुरका प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न प्रहरीको सक्रियता रहेको सन्दर्भमा उनीहरुको सुरक्षाका लागि आवश्यक सामग्री सहयोग गरेको संघले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय परिसरमै पुगेर संघले तीन हजार पाँच सय थान सर्जिकल मास्क, दुई सय पिस सेनिटाईजर र दुइ सय पिस हात धुने साबुन सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधीर दाहाल, मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल (मेलान) का केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईंसहित औषधी व्यवसायीको उपस्थिति रहेको थियो ।