हेटौंडाः हेटौंडामा केही फलफूलको मूल्य बढेको छ । मेवा, स्याउलगायत केही फलफूलको मूल्य बढेको हो ।

हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी तथा हटिया क्षेत्रमा उत्पादन भएको मेवाको मूल्य बढेको छ । यसअघि प्रतिकेजी ४५ रुपैयाँ थोक मूल्य रहेको मेवाको मूल्य बढेर प्रतिकेजी ६० रुपैयाँ पुगेको फलफूल व्यवसायी एसराज बानियाँले बताउनुभयो ।

हेटौंडा बजारमा आइतबार प्रतिकेजी २२ रुपैयाँमा खरबुजा बिक्री भएको छ । अंगुर प्रतिकेजी १२०, कालो अंगुर प्रतिकेजी १५०, स्याउ प्रतिकेजी २४० रुपैयाँमा बिक्री भइरहेको फलफूल व्यवसायी विकास न्यौपानेले जानकारी दिनुभयो ।

यस्तै,बजारमा नेपाली किबी नआएको बताउँदै भारतीय किबीको मूल्य प्रतिकेजी ४ सय रुपैयाँ रहेको फलफूल व्यवसायी कृष्ण बिडारीले जानकारी दिनुभयो । थोक बजारमा भारतीय सुन्तला प्रतिकेजी एक सय रुपैयाँमा बिक्री भएको उहाँले जानकारी दिनुभयो ।

थोक बजारमा आलुको बिक्री मूल्य प्रतिकेजी ३३ रुपैयाँ रहेको छ । आइतबार बन्दा प्रतिकेजी १० रुपैयाँ र काउली प्रतिकेजी २० रुपैयाँमा बिक्री भएको तरकारी व्यवसायी संगीता पराजुलीले जानकारी दिनुभयो । यस्तै, प्याज प्रतिकेजी ३४ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ४ सय ५० रुपैयाँ र लसुन प्रतिकेजी एक सय ९० रुपैयाँमा बिक्री भएको उहाँले बताउनुभयो ।