हेटौंडाः हेटौंडाको थोक तरकारी बजारमा आज बोडी, परवल, घिरौँलाको मूल्य घटेको छ । आज तन्नेबोडी प्रतिकेजी १० रुपैयाँ सस्तो भएर प्रतिकेजी २० रुपैयाँमा विक्री भएको छ । मकैबोडी प्रतिकेजी २५ रुपैयाँले सस्तो भएर प्रतिकेजी २० रुपैयाँमा विक्री भएको छ । परवल प्रतिकेजी १० रुपैयाँ सस्तो भएर प्रतिकेजी ६० रुपैयाँ, घिरौँला प्रतिकेजी १० रुपैयाँ सस्तो भएर प्रतिकेजी ४० रुपैयाँमा विक्री भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो ।
आज काउली, बन्दा, गोलभेँडा, च्याउको मूल्यमा भने हेरफेर भएको छैन । आज भिन्डी प्रतिकेजी १० रुपैयाँ महंगो भएर प्रतिकेजी ५० रुपैयाँ, करेल प्रतिकेजी ५ रुपैयाँले महंगो भएर ४५ रुपैयाँ प्रतिकेजीमा विक्री भएको छ । आज मौसम अनुकुल भएकोले तरकारीको कारोबार सहज भएको व्यवसायीको भनाइ छ ।