माइलेज च्यालेन्जमा प्रथम, द्वितीय र तृतीय हुन सफल सहभागी ट्रफी र प्रमाणपत्र प्राप्त गरेपछि खुसी हुँदै ।

हेटौंडाः यामाहा कम्पनिले हेटौंडामा शनिबार आयोजना गरेको रे–जेड आर–१२५ एफ.आई. स्कुटरको माइलेज च्यालेन्समा कवित आचार्य प्रथम हुनुभएको छ । निर्धारित करिब २४ किलोमिटरको दूरीमा सहभागी ३५ जना मध्ये कवितले आफ्नो स्कुटरको माइलेज ७९ दशमवल ३४ किलोमिटर पुष्टि गरेका थिए ।

माइलेज च्यालेन्जमा ७९ दशमलव ०३ किलोमिटर सावित गर्दै सृजना घिमिरे द्वितीय हुँदा ७८ दशमलव ७० किलोमिटर सावित गर्ने दुर्गा प्रसाद लामिछाने तृतीय हुनुभयो । प्रथम, द्वितीय र तृतीय हुने सहभागीलाई ट्रफीसहित प्रमाणपत्र प्रदान गरिएको छ । हेटौंडा–४, मेनरोडस्थित यामाहाको शोरुम राज मोटर्सबाट सुरु भएको यात्रा मेनरोड, सीमाचोक, बुद्धचोक हुँदै नगरको विभिन्न स्थानको यात्रा तय गरेर हेटौंडा–५ स्थित रिगल हेटौंडा रिसोर्टमा पुगेको थियो । रिसोर्टमा सहभागीबीच मनोरञ्जनात्मक कार्यक्रम समेत गरिएको थियो ।

आफ्नो सेवाग्राहीलाई सन्तुष्टि दिलाउनुका साथै प्रतिस्पर्धामा सहभागी बीच मनोरञ्जनात्मक खेल र बिहानको खाना समेत खाएर शनिबारको दिन रमाईलो समेत भएको यामाहा कम्पनिको हेटौंडाका लागि आधिकारिक विक्रेता राज मोटर्सका प्रबन्ध निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभएको छ । यामाहाका दुइपांग्रे सवारी प्रयोगकर्तालाई पार्टस् र सर्भिसमा सन्तुष्टी दिँदै आएको दावी गर्नुहुँदै श्रेष्ठले यस किसिमको कार्यक्रमले सेवाग्राहीको विश्वास जित्न सकिने बताउनुहुन्छ ।