फाईल तस्वीर ।

हेटौंडाः सिराहामा जारी छैठौं संस्करणको गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मकवानपुर–११ ले सिराहाको सलहेस युवा क्लबसँग खेल्ने भएको छ । शनिबार सम्पन्न दोस्रो सेमीफाइनल खेलमा गुरुधाम फुटबल क्लबलाई पराजित गर्दै सलहेसले मकवानपुरसँगको भेट निश्चित गरेको हो । यसअघि शुक्रबार मकवानपुर–११ ले वीरगन्ज युनाइटेडलाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो ।

शनिबार भएको खेलमा निर्धारित समय गोलरहित बराबरी भएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथको आठौं प्रहारमा सलहेसका सांगुले निर्णायक गोल गर्दा गुरुधाम एफसीका रवि रखालको प्रहार सलहेसका गोेलरक्षक मनोज प्रधानले रोक्न सफल भए ।

सोमबार हुने फाइनल खेलको विजेता टिमले उपाधिसहित नगद २ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।