श्यामप्रसाद श्रेष्ठ

“तँ घुस्याहा होस्” उसलाई कोही एकजना अगाडि उभिएर भनिरहेको जस्तो लाग्यो । यथार्थमा उ ऐना हेरि यस्तो सोचिरहेको थियो ।

उसको मुहार कालो–निलो भयो ।

उसलाई फेरि अगाडिको व्यक्तिले “तँ भ्रष्टाचारी होस्” भनी दोष लगायो ।

उसको कानमा क्रमशः गुन्जियो, “देशद्रोही, जनद्रोही ।”

“देशद्रोही र जनद्रोही” भनेको सुनेर उ अत्यन्तै क्रोधित भयो । अगाडिको ऐना उठायो र २ टुक्रा हुने गरि फुटायो ।

ऐना हे¥यो, एक क्षण अगाडिसम्म एकजना देखिएको उसले अहिले २ जना देख्यो । उसलाई दुबैले गाली गरिरहेको जस्तो लाग्यो । उसले पालैसँग दुइटै ऐना उठायो, पालै पालो फुटायो । उसले फेरि अगाडि हे¥यो, दुईबाट ४ वटा भएको थियो । ती चार वटैले गाली गरिरहेको जस्तो लाग्यो । उसको रिसको सीमा नाघ्दै गयो, उसले पुनः ऐनालाई क्रमशः फुटाउँदै गयो । हरेक टुक्रामा उसले पुनः हे¥यो, गुणात्मक रुपमा बृद्धि हुँदै गएको हरेक टुक्राले उसलाई “तँ जनद्रोही र देशद्रोही होस्” भनी भनिरहेको जस्तो लाग्यो ।

अन्तमा उसले हार मान्दै भन्यो, “हो, म सत्य स्विकार्दछु, मैले देश र जनताप्रति अपराध गरेँ, अपराधको परिणाम जो कोहिले ढिलो चाँडो भोग्नै पर्दो रहेछ । मेरो आँखा आज खोलेको छ, मलाई माफ गरी अपराधको कालो छायाँबाट मुक्त गरिदेउ ! अबदेखि म जनता र देशका लागि इमानदार भएर काम गर्नेछु ।”