हेटौंडाः हेटौंडा–१५ स्थित चुरियामाई सामुदायिक वनमा बाघको आक्रमणबाट घाइते भएको दुई जनामध्ये एक जना डिस्चार्ज भएका छन् । बाघको आक्रमणबाट घाइते १७ वर्षीय सुमन घलान शुक्रबार हेटौंंडा अस्पतालबाट उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।
बुधबार बिहान ८ बजेर १५ मिनेटको समयमा वनमा बाख्रा चराउन गएका घलानको दाहिने कुम, ढाडको बाँया भाग र छातीमा बाघले टोकेको थियो । घलानसँगै बाघको आक्रमणबाट गम्भीर घाइते भएको सोही ठाउँका ६५ वर्षीय कृष्ण बहादुर थिङको भने अहिले हेटौंैडा अस्पतालमै उपचार भइरहेको छ । बाघको आक्रमणबाट घाइते थिङको घाँटीमा गहिरो चोट लागेको थियो । थिङको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकोे जनाएको छ ।