फाइल तस्वीर ।

हेटौंडाः त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सुरु भएको छ । सोमबारदेखि परीक्षा सुरु भएको हो । मकवानपुर जिल्लामा दुईवटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसलाई परीक्षा केन्द्र तोकेको छ । मकवानपुर जिल्लामा रहेका क्याम्पसबाट बाणिज्य, मानविकी, शिक्षाशास्त्र र विज्ञान संकायमा ३ हजार २ सय ३५ जना विद्यार्थीले परीक्षा दिनका लागि फारम भरेको मकवानपुर बहुमुखी क्याम्पसको परीक्षा शाखाका इरोज न्यौपानेले जानकारी दिनुभएको छ ।