रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५४ औं स्थापना दिवसको अवसरमा हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम भएको छ । बुधबार बिहान भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति सुवास सापकोटाको अध्यक्षता तथा नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्य रहेको थियो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

मंगलबार हेटौंडा–१२, पदमपोखरीमा नेकपा माओवादी केन्द्रको आयोजनामा रक्तदान कार्यक्रम भएको थियो । पदमपोखरीमा ५० जनाले रक्तदान गरेका थिए । बिहीबार सिटिजन बैंकको हेटौंडा शाखाले पनि रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।