हेटौंडाः हेटौंडा बजारमा केही तरकारीको थोक बिक्री मूल्य घटेको छ । थोक तरकारी बजारमा करेला, भिन्डी र फर्सीको मूल्य घटेको हो ।
तरकारीको मूल्यमा दैनिक उतारचढाव भइरहने भए पनि केही तरकारीको मूल्यमा गिरावट आएको हेटौंडाको थोक तरकारी बजारका व्यवसायी रामकाजी पाठकले बताउनुभयो । तरकारीको थोक बजारमा आइतबार बोडी ६५ रुपैयाँमा कारोबार भएको छ । यस्तै, करेला ७० र भिन्डी प्रतिकेजी रुपैयाँमा बिक्री भएको पाठकले जानकारी दिनुभयो ।
थोक बजारमा काउली प्रतिकेजी ४५ रुपैयाँमा कारोबार भएको छ । काँक्रोको मूल्य प्रतिकेजी २५, टमाटरको प्रतिकेजी २०, आलुको प्रतिकेजी २२, प्याजको प्रतिकेजी ३०, अदुवाको प्रतिकेजी १२० रुपैयाँमा कारोबार भएको छ । यस्तै, भारतीय लसुनको प्रतिकेजी १५० र चिनियाँ लसुनको प्रतिकेजी २ सय रुपैयाँमा कारोबार भएको छ ।
तरकारी बजारमा सबैभन्दा कम मूल्यमा रुपैयाँमा बन्दाको कारोबार भएको छ । आइतबार बन्दाकोभीको थोक बिक्री मूल्य प्रतिकेजी १२ रुपैयाँ रहेको व्यवसायी पाठकले जानकारी दिनुभयो । यसैगरी, घिरौंला प्रतिकेजी ४०, घिउसिमी प्रतिकेजी ४०, मटरकोसा प्रतिकेजी ९० र लौका प्रतिकेजी २५ रुपैयाँमा बिक्री भएको छ । फर्सी प्रतिकेजी १५, गा“जर प्रतिकेजी ४०, मुला प्रतिकेजी ३०, हरियो खुर्सानी प्रतिकेजी ६५, सजीवन प्रतिकेजी ५०, धनियाँ प्रतिकेजी ३०, रुख कटहर प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको उहाँले जानकारी दिनुभयो । यस्तै, कागती प्रतिकेजी २५० रुपैयाँमा बिक्री भएको छ ।