हेटौंडाः महिला आत्मरक्षा प्रशिक्षक÷प्रशिक्षण तालिम सम्पन्न भएको छ । बागमती प्रदेश युवा परिषद्ले आयोजना गरेको तालिम आइतबार सम्पन्न भएको हो ।

बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्य र बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको सभाध्यक्षतामा तालिम समापन कार्यक्रम भएको थियो । तालिममा १३ जिल्लाका २५ शिक्षकहरुको उपस्थित रहेको जनाइएको छ । चैत्र २९ गतेदेखि सञ्चालन भएको आत्मरक्षा तालिम वैशाख ३ गते आइतबार सम्पन्न भएको हो ।