गुगल तस्विर ।

हेटौंडाः दोलखा जिल्लाको बैतेश्वर गाउँपालिका–२, गोपीखोला किनारमा एक जना वृद्ध मृत फेला परेका छन् । ९२ वर्षय कृष्ण बहादुर बस्नेत मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बस्नेत शुक्रबार बिहान ११ बजेर ३० मिनेटको समयमा घरबाट हिँडेकोमा आफन्तहरुले खोजतलास गर्ने क्रममा आइतबार बिहान १० बजेर ३० मिनेटको समयमा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।

यस्तै चितवन जिल्लाको कालिका नगरपालिका–९, मैतेसमा भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया दिलमाया चेपाङ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । चेपाङको आइतबार घाँस काट्ने क्रममा भीरबाट लडी घटनास्थलमै मृत्यु भएको बताइएको छ ।