हेटौंडाः नयाँ शैक्षिक सत्र सुरु भएको पहिलो साता नै मकवानपुरका विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको छ । विद्यालयले विद्यार्थीलाई पुस्तक वितरण गर्न सुरु गरेको हो । सोमबार हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माविले विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ ।
मकवानपुर जिल्लाका अधिकांश विद्यालय बैशाख दोस्रो सातादेखि पठनपाठन गर्ने तयारीसहित शिक्षकलाई पुनतार्जगी गराउने, भर्ना अभियान सञ्चालन, पाठ्यपुस्तक व्यवस्थापनको कार्य गरिरहेको छ । गोरक्षनाथ माविका प्रधानाध्यापक होमबहादुर नेपालीले नयाँ शैक्षिक सत्रको सुरुवातलाई उत्साहपूर्ण बनाउन विद्यालयले सक्दो प्रयास गरिरहेको र पाठ्यपुस्तक वितरणको कार्य पनि सुरुवात गरिएको जानकारी दिनुभयो ।











