Home मुख्य समाचार प्रारम्भिक बालविकास कक्षाका शिक्षकलाई तालिम

प्रारम्भिक बालविकास कक्षाका शिक्षकलाई तालिम

तालिममा सहभागी शिक्षकहरु ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा प्रारम्भिक बालविकास कक्षाका शिक्षकका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी तालिमको आयोजना गरिएको छ । आइतबारबाट सुरु तालिम मंगलबारसम्म सञ्चालन हुनेछ । श्रमिक माविको आयोजनामा भएको तालिममा हेटौंडा–१० स्थित ज्ञानदा मावि र हेटौंडा–५ स्थित लक्ष्मी आधारभूत विद्यालयका शिक्षकको पनि सहभागिता रहेको छ ।

आइतबार श्रमिक मावि व्यवस्थापन समितिका अध्यक्ष विवेक कार्कीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन भएको हो । तालिममा जमुना थापाले सहजीकरण गरिरहनुभएको छ । नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन सुरु हुनुअघि शिक्षकहरुको क्षमता विकासका लागि तालिमको आयोजना गरिएको विद्यालय प्रधानाध्यापक श्रीराम दाहालले जानकारी दिनुभयो । तालिममा १० जना शिक्षकको सहभागिता रहेको छ ।