जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

हेटौंडाः लागुऔषधसहित ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ साढे ६ बजेको समयमा हेटौंडा–१०, न्युरेनीबाट प्रहरीले होम बहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११, थानाभर्याङका २५ वर्षीय रोहित राना मगरलाई प्रहरीले पक्राउ गरेको छ ।


४१ वर्षीय होम बहादुर थापा मगरको घरमा लागुऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ३५० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।