¥ हेटौंडाको पहिलो माध्यमिक विद्यालय भुटनदेवी माध्यमिक विद्यालय २०१६ साल बैशाख १ गते स्थापना भएको हो । बिसं २०११ साल भन्दा अगाडि हेटौंडा जंगलै जंगल थियो । पिपलबोट वरपर ५, ७ वटा झिंगटीका घरहरु थिए भने पुरानो मकवानपुर जाने बाटोमा चिउरा कुट्नेहरुका केही छाप्राहरु मात्र थिए । २०११ सालको ठूलो पानीले मकवानपुरको उत्तरी भेगका थुप्रै बस्तीमा बाढी र पहिरोले नोक्सान गर्यो । काठमाडौं जाने मूल नाका भीमफेदी बजार, रोपवेबाट सामान लैजाने धोर्सिङको पुरै बजार बाढिले बगाएपछि यस भेगका जनताहरु जीविकाका लागि हेटौंडा र यस वरपरका जंगल फँडानी गरी बसोबास गर्न थाले । काठमाडौं उपत्यकामा पनि दैनिक उपभोग्य सामानहरु ढुवानी हुन नसकी ठूलो हाहाकार मच्चियो । त्यतिबेला नै भैंसेदेखि काठमाडौं पुग्ने त्रिभुवन राजपथ बन्न सुरुभयो ।
हेटौंडाबाट नारायणगढ जाने बाटो र हेटौंडा–बीरगंजको बाटो पनि फराकिलो गरी बनाउन युएसएड ले शुरु गर्यो । यो बाढीपछि चितवनमा पनि बस्ती बसाउन र जंगल फाँड्न राप्ती दुन विकास आयोजनाले काम थाल्यो । २०१३ सालमा मकवानपुर र चितवनका घना जंगलका काठ चिर्न हेटौंडामा काठ चिर्ने ठूलो समिल स्थापना भयो । बस्ती बढेसँगै जनसंख्या पनि बढ्न थाल्यो । स्थानीय बजारमा बसोबास गरेका व्यापारी र मिल कारखाना र वरपरका बस्तीमा बस्नेहरूका बालबालिकाहरुको पठन–पाठनको समस्या समाधान गर्न हेटौंडा पिपलबोटका साहु बिष्णुलाल श्रेष्ठको अध्यक्षतामा एउटा कमिटी बन्यो ।
राप्ती दुन विकासका डाइरेक्टर कृष्ण बम मल्लले एकजना महिला शिक्षिका बिमला मास्के पठाइदियो । २०१६ साल बैशाख १ गते हाल विद्यालय रहेको स्थानको उत्तर पट्टि काठको छाप्रोमा विधिवत विद्यालय संचालन भयो । बीरगन्जका शैलराज रंजितकार प्रधानाध्यापक नियुक्त हुनुभयो भने अन्य शिक्षकरुमा छविनाथ गौतम, फुलेद्र प्रसाद र स्वयंसेवक शिक्षकमा कन्चनप्रसाद श्रेष्ठ हुनुहुन्थ्यो । प्रारम्भिक अवस्थाका संचालकहरुमा रुद्रप्रसाद रिजाल, रत्नलाल श्रेष्ठ, डबल शंकर गोर्खाली, खगेश्वर सुवेदी, गंगा बाहादुर श्रेष्ठहरु हुनुहुन्थ्यो ।
राप्ती दुन विकास समितिले विद्यालय भवन बनाउन कम्पनी रुपैयाँ (त्यतिबेला भारुलाई कम्पनी रु भन्ने चलन थियो) ८ हजार सहयोग गरेपछि त्यसमा थप रकम बजारबाट चन्दा उठाई ८ कोठे भवन निर्माण भयो । २०१८ सालमा राप्ति दुन विकास आयोजनाका अध्यक्ष भुदेव राईले विद्यालयलाई १० बिगाहा जमिन, पुस्तकालयलाई २ बिगाहा र भविष्यमा मकवानपुरका अड्डा–अदालतका लागि २५ बिगाहा जग्गा छुट्यायो । हाल आधुनिक राष्ट्रिय मावि र हेटौंडा क्याम्पसको बीचमा २०१७ को जननिर्वाचित सरकारको समयमा तात्कालिक जिल्ला विकास बोर्डले पुस्तकालयलाई छुट्याएको जमिनमा पुस्तकालय भवन पनि निर्माण गरेको थियोे । उक्त हाम्रो पुस्तकालय २०३०÷३१ सम्म चलेको थियो ।
राप्ती दुनले छुट्याएको २५ बिगाह जग्गा भित्रै हाल मकवानपुरका अधिकांश सरकारी भवनहरु, नगरपालिका, मकवानपुर क्याम्पस, सिद्धार्थ स्कुल हरु छन् । २०२१ सालमा राजा महेन्द्रको हेटौंडा आगमन हुँदा भुटनदेवी स्कुललाई हाइस्कुलको स्वीकृति दिएको हो । यो विद्यालयले २०२२ सालमा पहिलोपटक ४ जनालाई एसएलसीमा सम्मिलित गराई ३ जनालाई उत्तीर्ण गराएको थियो । तात्कालिन समयका प्रधानाध्यापक बद्री खतिवडा, डेण्डी जंग शाह, नियम रत्न तुलाधर, ठाकुर नाथ शर्मा, धर्मदत्त न्यौपाने, श्याम गोर्खाली, बासुदेब रिजाल, कलानाथ अधिकारी, छविनाथ गौतम, कृष्ण पोखेरल हुनुहुन्थ्यो भने पहिलो पटक उत्तिर्ण गर्ने छात्रहरुमा राम पाण्डे, माधव खतिवडा र दीपक श्रेष्ठ थिए ।
तात्कालिन समयमा शिक्षिकहरुलाई सार्हैथोरै तलब थियोे । सरकारी अनुदान पनि थोरै थियोे । विद्यार्थीहरुबाट उठाएको मासिक शुल्क जम्मा गरेर तलब बाँडनु पर्दथ्यो । अर्कोतिर गणित, विज्ञान पढाइदिने शिक्षक पाउनै गार्हो । काठमाडौंमा पढ्न गएका विद्यार्थीहरु मीन पचासको छुट्टिमा घरमा आउँदा तिनीहरुलाई थोरै खाजा खर्च दियर स्वयंसेवक शिक्षकको रुपमा पढाउन लगाउने पनि गरिन्थ्यो । यहि कारण शिक्षक र संचालन बीच संधै द्वन्द्व भैरहन्थ्यो । संचालकमा जिल्लाका हाकिम र पंच तथा साहु महाजनहरु हुन्थे । पंच प्रशासक र संचालक शिक्षकलाई संधै दपेटेर राख्न चाहन्थे ।
विद्यालयको भोगचलनका लागि राप्ती दुन विकास समितिले प्रदान गरेको १० बिगाहा जमीनको पुर्बपट्टि मंन्दिर, मस्जिद र केहि अनधिकृत ब्यक्तिहरुले भोग चलन गरिरहेको थिए । उक्त अनधिकृत बस्ती हटाउन विद्यालयलाइ निकै गाह्रो प¥यो । पछि संचालक समितिले कमलडाँडा, गर्दोइमा १ बिगाहा जग्गा खरिद गरी १९ परिवारलाई १० धुरको दरले घडेरी खरिद गरि वितरण ग¥यो । उक्त स्थानमा बाँकी १० धुर जग्गा राजनैतिक आडमा एकजनाले अद्यापि कब्जा गरिरहेको छ । मन्दिर र मस्जिदलाई १,१ कत्था दिने निर्णय संचालक गरेको थियो । हाल मन्दिर र मस्जिद दुबैले व्यापारिक रुपमा प्रयोग गरिरहेको छ । २०२१ सालमा राजा हेटौंडा आउँदा हेटौंडाका ४ र ५ नम्बर वडामा किसानहरुले आवाद गरि हराभरा बनाएको चिसापानी गर्दोइ र सानो पोखरा पिप्लेको १ सय २० बिगाहा भन्दा बढि जग्गा १२ जना सरदार र सचिवहरुलाई हुकुम प्रमाङ्गीबाट बकस दिएपछि सो क्षेत्रका किसानहरु आन्दोलित भए ।
प्रगतिशील शिक्षकहरुको आन्दोलनकारीहरु प्रति समर्थन र सहयोग थियोे । यो आन्दोलनले ठूलो रुप लिएको थियोे । राजाको किसानमारा नीति पंचहरुको ज्यादतीको मार र चेपुवामा शिक्षकहरु पनि परेको थियोे । किसान नेता मोहन बज्राचार्य, प्रधानाध्यापक बद्री खतिवडा, बासुदेव रिजाल लगायत थुप्रै व्यक्तिहरुलाई जेल चलान गरिएको थियो । किसान आन्दोलनले ठुलो रुप लिएको थियो ।
यसै क्रममा शिक्षकहरुलाई छिन्न–भिन्न पार्न भुटनदेबीबाट प्राथमिक विद्यालय आधुनिक नामाकरण गरी १, २, ३ कक्षाहरु अलग ग¥यो । हुकुम प्रमाङ्गीबाट प्राप्त जर्नेल, सचिवहरुको जग्गामा जान र कभर्ड हलका लागि पनि विद्यालयकै जग्गा अंचल प्रशासन र पंहूचहरुबाट दबाबमा छुट्याएर जबर्जस्ती हद थप्यो । राप्ती दुन विकास समितिबाट पुस्तकालयलाई प्राप्त दुई बिगाह जग्गा पनि हडप गरियो । हेटौंडाको इतिहासमा यो आन्दोलन लाई चिसापानी काण्ड भनिन्छ ।
पन्च प्रशासन भुपु ठुला हाकिमहरु आधुनिक विद्यालयप्रति प्रतिशोध राख्नेहरुले एउटै पर्खालभित्र चलेका दुई विद्यालय मध्ये आधुनिकलाई त्यसस्थानबाट हटाउन नसकेपछि बाध्य भएर केहि वर्षपछि आधुनिकलाई १ बिगाहा जमीन नाम सारी गारी दिएको थियो ।
केही वर्षपछि भुटानदेखि कै कम्पाउन्डमा चलेको हेटौंडा क्याम्पसलाई भवन बनाउन र संचालन गर्न ४० वर्ष लिजमा हेटौंडा क्याम्पसलाई जग्गा दिएको हो । एउटै कम्पाउन्ड भित्र आवश्यकतै नभएको समयमा विद्यालय टुक्राएर झगडाको बिजारोपन गर्ने प्रतिशोको भावना राख्नेहरु अझै पनि आधुनिकलाई ५५ वर्षदेखि चलिआएको बाटो रोक्न दुस्साहस गर्न उक्सियको छ ।
हेटौंडाको शैक्षिक विकासका लागि विद्यालयको नाममा १० बिगाहा भित्र जनताकै छोराछोरी पढ्ने दुईवटा माध्यमिक विद्यालय र एउटा स्नातकोत्तरसम्म पढाई हुने महाविद्यालय छ । यो तिनवटा संस्थाहरु बीच सुमधुर सम्बन्ध र मैत्री भाब हुनुपर्छ । यसैले एकले अर्काप्रती प्रतिशोध र दुर्भावना राखेर घेराबन्दी गर्ने र दुख दिने काम गर्नुहुन्न ।
हेटौंडाको पहिलो र पुरानो विद्यालयको गौरवपूर्ण इतिहास छ । ठुला वडाको बलमिच्याइले हुनुपर्ने जति जग्गा नभए पनि जिल्ला मै यो विध्यालय भौंतिक दृस्टिकोण ले नगरको मुटु मै रहेकोले आर्थिक रूपमा संम्पन्न छ । केहि वर्षदेखि व्यावसायिक शिक्षा इन्जिनियरिङ्गको पढाई भरहेको र यहि विषयमा उच्च शिक्षा हासिल गराउने प्रयासमा जुटेको र नगर पालिकाले पनि चासो राख्नु सुखद् कुरा हो।बिच बजारको वरपर सटर बनाएर भाडा असुल्ने ठुला व्यापारिक भवन ठड्याउने बाटो बनाएर, प्लटिङ गरेर धन बटुल्ने मात्र हो भने यसको प्रतिफल के होला ? विद्यालयको हरेक आम्दानी पारदर्शी होस् । विद्यालयको आम्दानी विद्यार्थीको भबिस्य निर्माण र नगरको शोभा बढाउन टेवा पुगोस् । सन्चालन र शैक्षिक गतिविधिमा राजनैतिक हस्तक्षेप हुनुहुन्न हेटौंडाका जनताले यहि अपेक्षा राखेको छ । विद्यालयको जन्मोत्सवको अवसरमा उन्नति, प्रगती को लागि हार्दिक शुभकामना ।