हेटौंडाः मकवानपुर जिल्लाको थाहा नगरपालिकामा बुधबार राती आगोलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ । गएराति साढे एकबजे आगलागी हुँदा थाहा नगरपालिका–६, थाक्लेका कृष्ण बहादुर खत्री र राजकुमार खत्रीको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामग्री जलेको प्रहरीले जनाएको छ । कृष्णको घरमा रहेको नगद ४ लाख र राजकुमारको घरमा रहेको नगद एकलाख ५० हजारसहित कुल ३५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।
कृष्ण बहादुर खत्रीको पुरानो डिजाईनको ढुङ्गा माटोले बनेको २ (दुई) तले कच्चि घरमा बिजुलीको तार सट भई सुरु भएको आगलागि बढ्न गई सँगै जोडिएर बनाइएको खत्रीका आफ्नै भाई राज कुमार खत्रीको घरमा पनि आगलागी भएको थियो । ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायव निरीक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिएको प्रहरी स्थानीय र दमकलको सहयोगमा राती साढे २ बजे आगो निभाइएको प्रहरीले जनाएको छ ।
