Home समाचार ४६ जनाद्वारा रक्तदान

४६ जनाद्वारा रक्तदान

फाइल तस्वीर ।

हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा ४४ औं शिक्षक दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ । दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसञ्चार सेवा काठमाडौंबाट आएको प्राविधिक टोलीको सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

संगठनको चौथो नगर परिषद्को अवसरमा रक्तदान कार्यक्रम भएको हो । थाहा नगर समिति अध्यक्ष रूपचन्द्र गोपालीको सभाध्यक्षता, जिल्ला उपाध्यक्ष कृष्णप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न चौथो नगर परिषदमा कोषाध्यक्ष सचिन बलले आर्थिक प्रतिवेदन तथा सचिव कृष्ण प्रसाद लामिछानेले संस्थागत गतिविधि सम्बन्धी प्रतिवेदन सर्वसम्मत पारित भयो ।

Exit mobile version