फाइल तस्विर ।

हेटौंडाः हेटौंडामा पछिल्लो हप्ता तरकारीको थोक मूल्यमा केही कमी आएको छ । उत्पादनको सिजन सुरु भएका तरकारीको मूल्य कम हँुदै गएको र सिजन सकिन लागेका तरकारीको मूल्य केही वृद्धि भएको तरकारी व्यवसायीले बताएका छन् ।
थोक तरकारी बजारमा बन्दा र टमाटरको मूल्य घटेको छ । थोक तरकारी बजारका व्यवसायी रामकाजी पाठकले केही दिनयता तरकारीको मूल्यमा केही गिरावट आएको बताउनुभयो ।

सोमबार तरकारी थोक बजारमा मिटर बोडी ७० रुपैयाँमा कारोबार भएको छ । यस्तै, करेला ९० रुपैयाँमा कारोबार भएको छ भने भिन्डी पनि ९० रुपैयाँमै बिक्री भएको छ । बोडी, करेला र भिन्डीको सिजन सुरु भएकाले यसको मूल्यमा अझ कमी आउने व्यवसायीको भनाई छ ।
सोमबार काउली प्रतिकेजी ४५ रुपैयाँमा बिक्री भएको छ । काउलीको सिजन सकिन लागेकाले अघिल्लो साताभन्दा मूल्य वृद्धि हुँदै गएको छ । यसैगरी, तरकारी थोक बजारमा काँक्रो प्रतिकेजी ४० रुपैयाँ, टमाटर प्रतिकेजी २५ रुपैयाँ, आलु प्रतिकेजी २२ रुपैयाँ, प्याज प्रतिकेजी ३० रुपैयाँ, अदुवाको प्रतिकेजी १२० रुपैयाँ, भारतीय लसुन प्रतिकेजी १५० रुपैयाँ, र चिनियाँ लसुन प्रतिकेजी २ सय रुपैयाँमा बिक्री भएको छ ।

तरकारी थोक बजारमा सोमबार बन्दा १० रुपैयाँमा बिक्री भएको छ । घिरौंला प्रतिकेजी ५५ रुपैयाँ, घिउसिमी प्रतिकेजी ५० रुपैयाँ, मटरकोसा प्रतिकेजी ८० रुपैयाँ र लौका प्रतिकेजी २५ रुपैयाँमा बिक्री भएको छ । यस्तै, फर्सी प्रतिकेजी ३५ रुपैयाँ, गाँजर प्रतिकेजी २५ रुपैयाँ, मुला प्रतिकेजी ३० रुपैयाँ, हरियो खुर्सानी प्रतिकेजी ७० रुपैयाँ,सजिवन प्रतिकेजी ६० रुपैयाँ, र रुख कटहर प्रतिकेजी २५ रुपैया“मा कारोबार भएको व्यवसायी पाठकले जानकारी दिनुभयो ।