हेटौंडाः नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १०९ पुगेको छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ८ बजे जारी गरेको प्रेस विज्ञप्तिमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
कोरोना संक्रमणको पुष्टि हुनेमा उदयपुर जिल्लाको भुल्केका १८, ४५ र ६५ वर्षीया महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षीय तीनजना पुरुष र पर्सा जिल्ला छपकैयाका ६२ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ । नयाँ पहिचान भएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
नेपालमा संक्रमित १०९ मध्ये ३० जना निको भइसकेका छन् । हालसम्म नेपालमा कसैको पनि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छैन ।