हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि परीक्षा केन्द्रमा आइतबारको परीक्षा दिँदै विद्यार्थी ।

हेटौंडाः माध्यमिक शिक्षा परीक्षा (एसईई) को दोस्रो दिन आइतबार अनिवार्य गणित विषयको परीक्षा भएको छ । गणित विषयको परीक्षामा ६ हजार१ सय ३५ जना विद्यार्थी सहभागी भएका छन् ।

३ हजार ३ सय ५ जना छात्रा र २ हजार ८ सय ८० जना छात्र परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्राविधिक प्रेमचन्द्र चौधरीले जानकारी दिनुभएको छ । प्राविधिक सहायक चौधरीका अनुसार परीक्षा फारम भरेका १ सय ८ जना परीक्षार्थी अनुपस्थित भएका छन् । ३९ जना छात्रा र ६९ जना छात्रा अनुपस्थित भएको चौधरीले जानकारी दिनुभयो ।